काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ भने दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ ।
यस अवधिमा भारतबाट कुनै पनि विद्युत् आयात गर्न नपरेको र उल्टै २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । बिजुली उत्पादनतर्फ निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो छ ।
प्राधिकरणको विद्युत् प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर ऊर्जा आपूर्ति गरिरहेका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा र सहायक कम्पनीमार्फत १७ हजार १०८ मेगावाट घण्टा बराबर विद्युत् उत्पादन भइरहेको छ ।
यसैबीच, मनसुन सुरु भएयता वर्षाका कारण देशको कुनै पनि क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणले जनाएको छ । सम्भावित अवरोधलाई तत्काल समाधान गर्न सातै प्रदेशका कार्यालय तथा काठमाडौंमा प्राविधिक मर्मत टोली चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणको भनाइ छ ।
पछिल्ला वर्षमा उत्पादन क्षमता विस्तार, निजी क्षेत्रको बढ्दो सहभागिता र प्रसारण प्रणालीमा सुधारका कारण नेपाल विद्युत् क्षेत्रमा आत्मनिर्भर बन्दै गएको संकेत यी तथ्यांकले देखाएका छन् ।
अर्थ / वाणिज्य
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
Nepal NB News
राष्ट्रिय खिर दिवसमा १ अर्बभन्दा बढीको दूध कारोबार हुने डेरी एसोसिएसनको अनुमान
Nepal NB News
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
Nepal NB News
यातायात विभागको ठूलो कदम, २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि तयार
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares