१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

सोनू सूद काठमाडौं आइपुगे: बाढी पीडितलाई सहयोग गर्न नेपाल भ्रमण

Nepal NB News
१६ भदौ २०८३, मङ्गलवार

काठमाडौँ । "नेपाल, तपाईं एक्लै हुनुहुन्न" — केही दिनअघि सामाजिक सञ्जालमार्फत यस्तै सन्देश दिएका बलिउड अभिनेता सोनू सूद आफ्नो प्रतिबद्धता पूरा गर्दै मंगलबार काठमाडौँ ओर्लिए । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले उनी नेपाल आएका हुन् ।

'सूद चैरिटी फाउन्डेसन' लेखिएको सेतो टिसर्ट लगाएर विमानस्थलबाट बाहिरिएका सूदलाई हेर्न र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राम्रै भीड जम्मा भएको थियो । सुरक्षाकर्मी र स्वयंसेवीहरूको घेराबीच उनी विमानस्थलबाट बाहिरिए ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । सयौंको मृत्यु भइसकेको र अझै धेरै बेपत्ता रहेको यस विपद्पछि भारतीय कलाकारहरू पनि नेपालको समर्थनमा उत्रिएका छन् । सूदले "नेपाल, तपाईंहरू एक्लै हुनुहुन्न, हामी खाना, आवास र पुनर्निर्माणको शक्तिसहित आउँदैछौं" भन्दै सहयोगको प्रतिबद्धता जनाएका थिए, भने नेपालमा जन्मिएकी अभिनेत्री मनीषा कोइरालाले पनि "नेपालको लागि प्रार्थना गर्नुहोस्" भन्दै समवेदना व्यक्त गरेकी थिइन् ।

विपद्को बेला व्यक्तिगत रूपमा नै राहत बाँड्न पुग्ने बानीका लागि परिचित सूदको यो भ्रमणलाई धेरैले "साँचो हिरो"को संज्ञा दिँदै प्रशंसा गरेका छन् ।

प्रकाशित : १६ भदौ २०८३, मङ्गलवार 16:09

थप समाचार

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved