इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सैन्य काफिलामाथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ।
पाकिस्तानी सेनाका अनुसार सेप्टेम्बर १७ मा सुरक्षा बलको काफिलालाई लक्षित गरी इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (IED) विस्फोट गराइएको थियो। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।
खैबर पख्तुनख्वा पछिल्लो समय उग्रवादी हिंसाबाट प्रभावित प्रमुख क्षेत्रका रूपमा रहेको छ। पाकिस्तानले यस्ता गतिविधिमा तेहरिक–ए–तालिबान पाकिस्तान (TTP) सम्बद्ध लडाकुको संलग्नता रहेको बताउँदै आएको छ।
सेनाले सेप्टेम्बर १५ देखि १७ सम्म भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा थप १० जना उग्रवादी मारिएको जनाएको छ। उत्तर वजिरिस्तानमा ६ तथा हाङ्गु जिल्लामा चार जना मारिएको र उनीहरूबाट हतियार तथा गोलीगठ्ठा बरामद गरिएको सेनाको भनाइ छ।
पाकिस्तान र अफगानिस्तानबीच TTP का गतिविधिलाई लिएर पछिल्लो समय तनाव बढ्दै आएको छ। पाकिस्तानले अफगानिस्तानमा रहेका आश्रयस्थलबाट TTP ले गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले आफ्नो भूमिबाट अन्य देशविरुद्ध आक्रमण हुन नदिएको बताउँदै आएको छ।
विदेश
हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा तेहरान अमेरिकी जवाफको पर्खाइमा
Nepal NB News
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB News
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
Nepal NB Newsजिबुतीमा आप्रवासी बोकेको डुंगा दुर्घटना: कम्तीमा १०९ को मृत्यु, ११६ भन्दा बढी बेपत्ता
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares