सर्लाही । सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सोही स्थानमा २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा पनि फेला परेको थियो ।
घटनामा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका अमरजित राउतलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
अन्य
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र
Nepal NB News
डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु, मागबारे छलफल हुँदै
Nepal NB News
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३११ चालक २४ घण्टामा कारबाहीमा
Nepal NB News
मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने
Nepal NB News
इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares