१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

बाढीबाट प्रभावित परिवारहरूलाई राहतस्वरूप एलपी ग्यास व्यवसायीहरूले करिब १,२५० वटा ग्यास सिलिन्डर उपलब्ध गराउने भएका छन्।

Nepal NB News
१४ भदौ २०८३, आइतवार

१४ भदौ, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष दिवानबहादुर चन्दले यस सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी रहेको बताउँदै उनले प्रभावितहरूको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै संघले सहयोगको हात बढाएको जनाए । संघले उपलब्ध गराउने सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्‍याइने छ ।

गत १० भदौ बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो, जसप्रति संघले दुःख व्यक्त गरेको छ ।

प्रकाशित : १४ भदौ २०८३, आइतवार 14:06

थप समाचार

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved