जनकपुर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।
सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए ।
उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।
मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे बुझ्न तथा अन्य स्थानमा पनि जग्गा निरीक्षण गर्न लागेको जानकारी दिए ।
उनले विश्वविद्यालयको डिनसंग छलफल भएको र जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलगमामा हाल तोकिएको निर्माणस्थलको निरीक्षण आजै गर्ने बताए । मन्त्री पोखरेलले राजर्षी विश्वविद्यालयको स्तरोन्नती तथा शिक्षाको स्तर थप मजबुत बनाउन चाँसो देखाएका छन् ।
मन्त्री पोखरेलले जनकपुरधामको संकट मोचन विद्यालयका छात्र तथा छात्राहरुलाई क्रिकेट ब्याट, फुटबल, ब्याडमिन्टर र्याकेट हस्तान्तरण गरेका छन् । मन्त्री पोखरेरलले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक पनि उपलब्ध गराउने विद्यार्थीहरुसंग प्रतिबद्धता जोहर गरे । उनले विद्यार्थीहरुसंग क्रिकेट पनि खेलेका छन् ।
राजनीति
बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी
Nepal NB News
सरकार गठनमा ढिलाइ, अधिकांश सुदूरपश्चिम प्रदेश सभा सदस्य काठमाडौंमा
Nepal NB News
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा छलफल
Nepal NB News
समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने : सांसद सिंह
Nepal NB News
रुसको मिसाइल र ड्रोन हमलामा युक्रेनमा १२ जनाको मृत्यु, एक भारतीय नागरिक पनि
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares