काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् ।
मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे ।
‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले भने, ‘अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन । मान्छे निर्यात गरेर देश बन्दैन । मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्र यो देश बन्छ । हामी सबै उत्साहित छौँ ।’
देशको आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको विस्तार आवश्यक रहेको बताउँदै उनले उनले तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यरहेको बताए ।
तयारी पोशाक उद्योग संघले विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग गर्दै आएको उल्लेख गर्दै उनले सरकारले उक्त उद्योग आफैं सञ्चालन गर्ने निर्णयलाई सकारात्मक कदमको बताए ।
अर्थ / वाणिज्य
चाडपर्वका बेला भारतद्वारा खानेतेलको भन्सार दरमा उल्लेख्य कटौती, नेपाली उद्योगमा पर्ने असरबारे चिन्ता
Nepal NB News
महासभामा बालेन शाहले के–के सम्बोधन गरे?
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares