जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए ।
उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण संरक्षण मात्र नभई विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी पनि बोध हुनेछ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई आज विरुवा वितरण गर्ने कार्यक्रम रहेको नेता महासेठले जानकारी दिए । उनका अनुसार धनुषा क्षेत्र नं. ३ का प्रत्येक विद्यालयमा हरियाली प्रवद्र्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यकका साथ यो अभियान सञ्चालन गरिएको होे ।
उक्त अभियाजनका निम्ति वन डिभिजन कार्यालयले निम, जामुन, तेज पत्ता लगायतका बोट विरुवाहरु उपलब्ध गराएको हो । अभियानको सुरुवात जनकपुरधामको एतिहासिक ज्ञानकुप विद्यायलका करीब १ हजार विद्यार्थीलाई विरुवा हस्तान्तरण गरेर गरिएको छ ।
देश
जलबिरे दुर्घटना: २६ जना घाइते, मुग्लिङ–नारायणगढ सडक सञ्चालनमा
Nepal NB News
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा भारी वर्षाको चेतावनी
Nepal NB News
साउनको पहिलो सोमबारमा शिवालयमा भक्तजनको उल्लेख्य भीड
Nepal NB News
आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह
Nepal NB News
अब पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने, अर्थ मन्त्रालयको निर्देशन
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares