जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए ।
उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण संरक्षण मात्र नभई विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी पनि बोध हुनेछ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई आज विरुवा वितरण गर्ने कार्यक्रम रहेको नेता महासेठले जानकारी दिए । उनका अनुसार धनुषा क्षेत्र नं. ३ का प्रत्येक विद्यालयमा हरियाली प्रवद्र्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यकका साथ यो अभियान सञ्चालन गरिएको होे ।
उक्त अभियाजनका निम्ति वन डिभिजन कार्यालयले निम, जामुन, तेज पत्ता लगायतका बोट विरुवाहरु उपलब्ध गराएको हो । अभियानको सुरुवात जनकपुरधामको एतिहासिक ज्ञानकुप विद्यायलका करीब १ हजार विद्यार्थीलाई विरुवा हस्तान्तरण गरेर गरिएको छ ।
देश
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares