विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा विराटनगरमा ‘चियासँग कथा’ कार्यक्रम सम्पन्न भएको छ। “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पुस्तकका कथा पढ्नुको सट्टा विभिन्न क्षेत्रका व्यक्तिहरूका जीवनका अनुभव, संघर्ष, सिकाइ र यात्राका कथा युवामाझ प्रस्तुत गरिएको थियो।
GOALS FOUNDATION को आयोजनामा तथा NYCA Biratnagar, Engineers Without Borders Biratnagar र Birat Yuwa Bicharak Manch को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा साहित्यकार सीमा आभास, वातावरणीय पत्रकार डा. रामचन्द्र अधिकारी र वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने ‘साईराम’ ले युवाहरूसँग आफ्ना जीवनका अनुभव तथा संघर्षका कथाहरू साझा गर्नुभएको थियो।
वक्ताहरूले आफूले भोगेका चुनौती, सिकाइ र यात्राका विभिन्न पक्ष प्रस्तुत गर्दै युवालाई आफ्नो अनुभवबाट सिक्न तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो। कार्यक्रममा प्रस्तुत अनुभव र कथाले सहभागीहरूबीच संवाद, प्रश्न, आत्मचिन्तन र प्रेरणाका नयाँ आयाम सिर्जना गरेको आयोजकले जनाएको छ।
‘चियासँग कथा’ कार्यक्रमले पुस्ताबीचको अनुभव आदानप्रदानसँगै युवाहरूलाई जीवनका वास्तविक कथाबाट सिक्ने अवसर प्रदान गरेको थियो। कार्यक्रममा सहभागी वक्ता, सहकार्य गर्ने संस्थाहरू तथा उपस्थित सम्पूर्ण सहभागीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमले हरेक मानिस आफ्नै कथा बोकेको खुला किताब हो भन्ने सन्देशसमेत दिएको छ।
“शब्दमा शक्ति छ, हरेक हृदयमा कथा।”
सामाजिक
रसुवागढी–टिमुरेमा सीसीटिभी र सिस्मोमिटर जडान सुरु
Nepal NB News
मौसम खराब हुँदा काठमाडौं जान नसकेका पाँच विमान विराटनगरमा अवतरण
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB News
जापानमा भालु आक्रमण रेकर्ड उच्च स्तरमा, आवासीय क्षेत्र नजिकैका जंगलमा भालु पत्ता लगाउन AI क्यामेरा जडान
Nepal NB News
रुसको मिसाइल र ड्रोन हमलामा युक्रेनमा १२ जनाको मृत्यु, एक भारतीय नागरिक पनि
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares