काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ ।
इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो ।
विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो । अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन समेत देखिएको छ ।
सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सीटीईभीटी)लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ ।
अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले उपलब्ध गराएको कागजातहरूको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ ।
देश
सुरुङभित्र फसेकाहरूको उद्धारमा कठिनाइ भएपछि भारत र चीनका दक्ष टिमको सहयोग लिइएको परराष्ट्रमन्त्रीले खुलासा गरे।
Nepal NB News
भोटेकोशी बाढी अपडेट: ९०३ शव, १०,४५१ उद्धार
Nepal NB News
कोशी, बागमती, कर्णालीका यी सडक अझै बन्द : नेपाल प्रहरीले जारी गर्यो ताजा राजमार्ग अवरोध विवरण
Nepal NB News
रसुवागढी–टिमुरेमा सीसीटिभी र सिस्मोमिटर जडान सुरु
Nepal NB News
मौसम खराब हुँदा काठमाडौं जान नसकेका पाँच विमान विराटनगरमा अवतरण
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares