काठमाडौं — भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भोगिरहेको जोखिम अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो ढंगले उठाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले विज्ञहरूको विश्लेषण उद्धृत गरे — रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रको हिम चट्टान र हिमपहिरोबाट सिर्जित भएको र यो क्षेत्रकै ठूलो विपत्ति भएको उनीहरूले औंल्याएका छन्। "यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ," उनले भने।
यसै क्रममा प्रधानमन्त्रीले विपद् व्यवस्थापनमा जुटिरहँदा उब्जिएको एउटा गहिरो प्रश्न पनि साटे — "अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हो हामीमाझ कसरी यो विपद आइलाग्यो?"
"त्यसैले हामी सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपदबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ," प्रधानमन्त्री शाहले थपे।
अन्तर्वार्ता
स्वास्थ्य
विदेश
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
Nepal NB Newsसामाजिक
लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB Newsविचार
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares