काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
देशभर साधारणतया बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Photos (1)
देश
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares