धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ ।
धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि केसी अफ्ठयारोमा परेका हुन् ।
मन्दिर व्यवस्थापन समितिको पत्र पछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा.अमृत जैसीले बताए ।
‘डा. केसीले व्यवस्थापन समितिको अनुमति लगेरै सत्याग्र सुरू गरेका हुन्, यसअघि पनि यही स्थानमा बसेर केसीले दुईपटक सत्याग्रह सुरू गर्नुभएकै हो,’ जैसीले भने, तर अहिले धर्मशाला छाड्न भन्दै पत्र आएको छ, यो राम्रो त हैन, अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीले भने कोठामा बस्ने भनेर जानकारी दिएपनि केसीले सत्याग्र सुरू गरेको बताए । यस विषयमा मन्दिर व्यवस्थापन समितिलाई जानकारी नभएको पन्तको भनाई छ ।
धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थालेपछि ठाउँ छाड्न पत्र पठाएको पन्तले बताए ।
डाक्टर केसीले सुदूरपश्चिम स्थित कैलालीको गेटामा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा अवरोध सिर्जना गर्न खोजेको यहाँका नागरिकको आरोप छ ।
केसीले त्यहाँका उपकुलति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने पहिलो माग सहित सत्याग्रह सुरू गरेका हुन् ।
अन्य
इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
Nepal NB News
सप्तकोसीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २७ ढोका खोलिए
Nepal NB News
आज विश्वकर्मा पूजा: कारीगर तथा दक्ष जनशक्तिप्रति सम्मान
विश्वको सर्वोच्च सत्तामा महिलाहरूको दबदबा: इटालीकी जर्जिया मेलोनीको नेतृत्वले खिचेको विशेष ध्यान
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares