विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ। फाइनलमा मकालु टेलिभिजनलाई ७–१ गोल अन्तरले पराजित गर्दै एक्सप्रेस च्याम्पियन बनेको हो।
ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहका टोली सहभागी थिए। सञ्चारकर्मीबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारा मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
विजेता ‘द शब्द एक्सप्रेस’ र उपविजेता मकालु टेलिभिजनलाई आगामी भदौ ११ गते हुने विशेष समारोहमा ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले बताए। सहभागी अन्य टोली र खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा मेडिकल सहयोग विराटनगरस्थित प्राइम अस्पतालले गरेको थियो। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन्।
खेलकुद
अस्ट्रेलियन स्टार ब्याटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउँदै: काठमाडौँ गोर्खाजमा आबद्ध
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB News
नेपाली क्रिकेटमा ऐतिहासिक क्षण: पहिलोपटक टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमा द्विपक्षीय शृङ्खला खेल्दै नेपाल
Nepal NB News
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल १२औँ स्थानमा सीमित
Nepal NB Newsश्रीलङ्कालाई २४-३४ ले बढार्दै नेपाली महिला कबड्डी टोली एसियाडको सेमिफाइनलमा
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares