१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

विराटनगरमा अन्तरसञ्चारगृह फुटसलको उपाधि ‘द शब्द एक्सप्रेस’लाई

Nepal NB News
७ भदौ २०८३, आइतवार

विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ। फाइनलमा मकालु टेलिभिजनलाई ७–१ गोल अन्तरले पराजित गर्दै एक्सप्रेस च्याम्पियन बनेको हो।

ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहका टोली सहभागी थिए। सञ्चारकर्मीबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारा मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

विजेता ‘द शब्द एक्सप्रेस’ र उपविजेता मकालु टेलिभिजनलाई आगामी भदौ ११ गते हुने विशेष समारोहमा ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले बताए। सहभागी अन्य टोली र खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा मेडिकल सहयोग विराटनगरस्थित प्राइम अस्पतालले गरेको थियो। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन्।

प्रकाशित : ७ भदौ २०८३, आइतवार 18:12

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved