काठमाडौं । नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।
पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् ।
यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन् । उनका अनुसार हरेक सांसदले पार्टी नीति अनुरूप संसद्मा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नेछन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयवश्तुहरुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका सांसदहरू सहभागी हुनेछन् ।
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares