बुटवल, साउन १७।
बुटवल उपमहानगरपालिका–१३, बेलबासमा करिब ५० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक कुवाको संरक्षण अभियान सुरु गरिएको छ।
भानुपथ टोल विकास समितिको पहलमा स्थानीय बासिन्दाले शनिबार कुवा परिसरमा सामूहिक सरसफाइ गरेका हुन्। अभियानमा टोलवासी, युवा, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका स्थानीयको सहभागिता रहेको थियो।
वि.सं. २०३० देखि २०३५ सालको अवधिमा तत्कालीन प्रधानपञ्च स्वर्गीय लेखनाथ खरेलको अगुवाइ तथा स्थानीयको आर्थिक सहयोग र श्रमदानबाट कुवा निर्माण गरिएको स्थानीय जानकारहरू बताउँछन्।
घर–घरमा धारा जडान भएपछि प्रयोगमा कमी आएको कुवा लामो समयदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो।
टोल विकास समितिले अब कुवाको संरक्षणसँगै सुरक्षा घेराबार, हरियाली विकास, सूचना बोर्ड तथा सौन्दर्यीकरण गर्ने योजना बनाएको जनाएको छ।
स्थानीयले ऐतिहासिक कुवा, बरालको चौपारीलगायतका सम्पदाको संरक्षण गरी बेलबासको पुरानो पहिचान जोगाउनुपर्नेमा जोड दिएका छन्।
देश
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares