५ साउन २०८३, मङ्गलवार 21 Jul 2026, Tuesday

तीन वटा संसदीको समितिको बैठक बस्दै

|
Nepal NB News
४ साउन २०८३, सोमवार

काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (सोमबार) बस्दै छन्। बैठकमा विभिन्न विधायन, नीतिगत तथा अध्ययन प्रतिवेदनसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

दिउँसो २:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयनको प्रभावकारिता मापन, विधायिकी अन्तरसम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल गरिनेछ।

त्यसैगरी, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा गरिएको अनुगमनको समीक्षा प्रस्तुत गरिनेछ। साथै, अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

यता, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ।

प्रकाशित : ४ साउन २०८३, सोमवार 10:41

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved