५ साउन २०८३, मङ्गलवार 21 Jul 2026, Tuesday

ट्राफिक प्रहरीको २४ घण्टे अभियान: ७२१ जना कारबाहीमा

|
Nepal NB News
३ साउन २०८३, आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित : ३ साउन २०८३, आइतवार 13:53

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved