काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोबार हुने जनाएको हो ।
एसोसिएसनका अनुसार यस वर्ष साउन १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ । उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको छ । यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि नेपाल डेरी एसोसिएसनले ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान,’ भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १५ मा काठमाडौँको नयाँ बानेश्वरस्थित मौलिक भान्छा घरको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रममा उद्योगी, व्यवसायी, कलाकार, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । साथै एसोसिएसनका प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।
नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाइँमा व्यस्त किसानले साउन १५ लाई परिवार, आफन्त र समुदायसँग खुसी साटासाट गर्ने अवसरका रूपमा मनाउने परम्परा रहेको एसोसिएसनले जनाएको छ । खिर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास गरिएको छ ।
दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार मानिन्छ । पोषणका हिसाबले पनि खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउने भएकाले यसको महत्त्व उच्च रहेको एसोसिएसनले उल्लेख गरेको छ ।
एसोसिएसनका अनुसार राष्ट्रिय खिर दिवसले नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको उपभोग वृद्धि, किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्दछ । पछिल्ला वर्षहरूमा दूध उत्पादन वृद्धि भए पनि बजार विस्तार चुनौती बनेको अवस्थामा यस्ता अभियानले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डेरी क्षेत्रका सरोकारवालाहरूले साउन १५ लाई केवल सांस्कृतिक पर्वका रूपमा नभई दूध उत्पादक किसान र डेरी उद्योगको आर्थिक सशक्तीकरणसँग जोडिएको अवसरका रूपमा समेत लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार खिर दिवसले स्वदेशी दूधको प्रयोग बढाउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
अर्थ / वाणिज्य
नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने
Nepal NB News
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
Nepal NB News
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
Nepal NB News
यातायात विभागको ठूलो कदम, २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि तयार
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares