१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

नेपालको कुल निर्यातमा भटमास तेलको ४०% हिस्सा, १ खर्ब २८ अर्बको निर्यात

Nepal NB News
१३ साउन २०८३, बुधवार

नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।

नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पु¥याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ ।

तथ्याङ्क अनुसार, नेपालले कुल ५ लाख ९३ हजार ८ सय २३ मेट्रिक टन भटमासको तेल निर्यात गरेको छ । नेपालमा प्रशोधन गरिएको यो तेल मुख्य रूपमा भारतीय बजारमा निर्यात हुने गरेको छ । तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने यो व्यवसायले नेपालको विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पु¥याउँदै आएको छ ।

विगतका केही आर्थिक वर्षहरूको तथ्याङ्कलाई हेर्ने हो भने भटमासको तेलको निर्यातमा ठूलो उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा जम्मा २ अर्ब ३४ करोड रुपैयाँको निर्यात भएकोमा, आर्थिक वर्ष २०७७÷७८ मा यो ह्वात्तै बढेर ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो । त्यसपछिका वर्षहरूमा भारतको आयात नीतिमा आएको परिवर्तनका कारण निर्यातमा केही गिरावट आए तापनि पछिल्लो समय पुनः सुधारको संकेत देखिएको छ ।

 

प्रकाशित : १३ साउन २०८३, बुधवार 15:06

थप समाचार

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved