लमजुङ, बेँसीसहर — लमजुङ जिल्लाको सदरमुकाम बेँसीसहरमा नेपाल चेन्ज मेकर्सको आयोजनामा सञ्चालित सर्सफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लियो क्लब अफ लमजुङ तथा Together We Can Create Change संस्थाको सहकार्यमा सञ्चालित यस अभियानमा स्थानीय युवा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बेँसीसहर बजार क्षेत्र लगायत सार्वजनिक स्थलहरूमा फोहोर संकलन तथा सरसफाइ कार्य गरेका थिए।
स्वच्छ, सफा र सुन्दर बेँसीसहर निर्माणको उद्देश्यले सञ्चालित यस अभियानले सामुदायिक एकता, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गरेको आयोजकहरूले जनाएका छन्।
अभियान सम्पन्न भएपछि आयोजक नेपाल चेन्ज मेकर्सले अभियानमा सहभागी सम्पूर्ण स्वयंसेवक, युवा साथीहरू तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। "सेवा हाम्रो पहिचान, परिवर्तन हाम्रो अभियान" भन्ने नाराका साथ सञ्चालित यस अभियानले आगामी दिनमा थप यस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।
देश
सामाजिक
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB News
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares