सिराहा । लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ) बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो ।
श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका क्रेटहरूभित्र लुकाइएको सेतो प्लाष्टिकका बोरामा लागू औषध फेला परेको थियो ।
बरामद सामग्रीमा गाँजा जस्तो देखिने पदार्थ ३१ बोरा (प्लाष्टिकसहित ६५३ के.जी., बोरा र प्लाष्टिक बाहेक ६५२ के.जी.), नास्पातीका ४६ वटा क्रेट (९२० के.जी.) र उक्त पिकअप गाडी समावेश छ ।
नियन्त्रणमा परेकाहरूमा लहान नगरपालिका–३ नयाँ बस्ती टोल निवासी ३८ वर्षीय श्याम कुमारी साह, भारतको बिहार राज्य मधुबनी जिल्लाका मूल घर भई हाल लहान–३ मा बसोबास गर्दै आएका ४० वर्षीय गौरव महतो र निजका १९ वर्षीय छोरा शिवम साह रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ ।
देश
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares