काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।
उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताए । निजी क्षेत्र र सरकारबिच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।
त्यसैगरी, महासंघका जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्त्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रूपमा आएका समस्या समाधानमा परिषद्को महत्त्वपूर्ण भूमिका रहने बताए ।
वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य सङ्घहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासङ्घमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरे । उनले वस्तुगत परिषद्का सदस्यहरूलाई विषयगत समितिको तथ्याङ्कमा आधारित रहेर अनुसन्धान गरी समस्या समाधानको लागि पहल गर्न आग्रह गरे ।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको वर्तमान परिवेशमा व्यावसायिक गतिविधि मार्फत अर्थतन्त्र चलायमान बनाउन परिपाद्््को भूमिमा महत्त्वपूर्ण हुने धारणा राखे ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिँदै अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्नु पर्ने आवश्यकता माथि जोड दिए ।
यसैबिच वस्तुगत परिषद्को बुधबार बसेको बैठकले परिषद्को उपसभापतिमा भक्त बहादुर हमाललाई मनोनयन गरेको छ । महासंघमा विभिन्न १४२ वटा वस्तुगत सदस्यहरू रहेका छन् ।
अर्थ / वाणिज्य
चाडपर्वका बेला भारतद्वारा खानेतेलको भन्सार दरमा उल्लेख्य कटौती, नेपाली उद्योगमा पर्ने असरबारे चिन्ता
Nepal NB News
महासभामा बालेन शाहले के–के सम्बोधन गरे?
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares