जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षिय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षिय मिथिलेश साहु रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।
साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।
अन्य
इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
Nepal NB News
सप्तकोसीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २७ ढोका खोलिए
Nepal NB News
आज विश्वकर्मा पूजा: कारीगर तथा दक्ष जनशक्तिप्रति सम्मान
विश्वको सर्वोच्च सत्तामा महिलाहरूको दबदबा: इटालीकी जर्जिया मेलोनीको नेतृत्वले खिचेको विशेष ध्यान
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares