दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको शिखरमा पुग्न सफल प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी । वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (न्चयगउ ऋभ्इ) का रूपमा कार्यरत छन् । व्यक्तिगत सफलताभन्दा माथि उठेर समग्र उद्योगको विकास, मानव संसाधन निर्माण र सेवा संस्कृतिको प्रवद्र्धनमा समर्पित उनको यो यात्रा निरन्तर संघर्ष, सिकाइ र सेवाप्रतिको अगाध समर्पणको प्रतिफल हो ।
सन् १९९९ मा भारतको ’होटल सरवाना भवन’बाट आफ्नो औपचारिक करियर सुरु गरेका उनले त्यहीँबाटै सेवा संस्कृतिको आधारभूत ज्ञान सिकेका थिए । त्यसपछि सन् २००५ मा मलेसिया प्रवेश गरेका उनले द रिट्ज–कार्लटन र जे.डब्लु. म्यारियट जस्ता विश्वप्रसिद्ध लक्जरी होटलहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरे । मलेसियापछि सिंगापुर, इन्डोनेसियाका बाटाम र बाली (मोन्टिगो रिसोट्र्स) हुँदै म्यानमारसम्म पुगेर उनले अन्तर्राष्ट्रिय आतिथ्य बजार, लक्जरी रिसोर्ट सञ्चालन र बहुसांस्कृतिक टोली नेतृत्वको गहिरो र उत्कृष्ट अनुभव हासिल गरे ।
दुई दशक लामो अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित नेपाल फर्किएका अधिकारीले यहाँको होटल उद्योगमा नयाँ आयाम थपेका छन् । नेपालमा उनले होटल द फ्लेमिङ्गो (बुटवल), सिद्धार्थ हस्पिटालिटी ग्रुप र होटल सेन्टर प्वाइन्ट (कोहलपुर) जस्ता प्रतिष्ठित संस्थाहरूमा महाप्रबन्धक र प्रमुख सञ्चालन अधिकृत (ऋइइ) को रूपमा सफलतापूर्वक नेतृत्व प्रदान गरे ।
हाल लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सको नेतृत्व सम्हाल्दै उनले सेवा उत्कृष्टता, प्रतिभा विकास, संस्थागत संस्कृति निर्माण र समग्र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन् ।
‘सहि आचरणका लागि नियुक्ति, सीपका लागि तालिम र चरित्रका लागि बढुवा’ भन्ने सबल नेतृत्व दर्शन बोकेका अधिकारी संस्थाको सफलता भवन वा पुँजीले नभई सहि सोच भएका मानिसहरूले निर्धारण गर्ने विश्वास राख्छन् ।
होटल सञ्चालनका साथै सयौं युवा व्यवस्थापकहरूलाई प्रशिक्षण र करियर मार्गदर्शन प्रदान गर्दै आएका उनी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने दूरगामी लक्ष्यमा क्रियाशील छन् ।
‘सेवा एउटा पेशा होइन, मानिसहरूको जीवनमा सकारात्मक प्रभाव छोड्ने कला हो’ भन्ने उनको आदर्शले नेपाली आतिथ्य उद्योगलाई निरन्तर मार्गदर्शन गरिरहेको छ ।
अर्थ / वाणिज्य
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
Nepal NB News
राष्ट्रिय खिर दिवसमा १ अर्बभन्दा बढीको दूध कारोबार हुने डेरी एसोसिएसनको अनुमान
Nepal NB News
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
Nepal NB News
यातायात विभागको ठूलो कदम, २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि तयार
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares