पाल्पा — लगातार परेको पानीका कारण पाल्पा जिल्लाका बेग्लाबेग्लै ठाउँमा पहिरोले आवास क्षेत्र पुर्दा एक वृद्धको ज्यान गएको छ भने तीन जना सम्पर्कविहीन भएका छन्।
माथागढी गाउँपालिका-२ स्थित रुप्सेमा गएको राति पहिरोले आवासीय घर थिच्दा स्थानीय ७५ वर्षका शेरबहादुर चिदी चोटग्रस्त भएका थिए। उद्धारपश्चात् उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्था पुर्याइएको भए पनि उपचारका क्रममा स्वास्थ्यकर्मीले मृत ठहर गरेको सोही वडाका अध्यक्ष वोमबहादुर ठाडामगरले पुष्टि गरे। घटना घटेका बखत चिदीकी धर्मपत्नी शौचालय गएकी हुनाले उनी सकुशल रहन सफल भएकी छन्।
यसैगरी, निरन्तरको झरीका कारण सोही पालिकाको वडा नम्बर ३ भैसकट्टामा आइतबार बिहान करिब ४:३० बजे दुई वटा घर पहिरोको चपेटामा परेका छन्। उक्त दुर्घटनामा परी लिलबहादुर घर्ती मगरको परिवारका सदस्यसहित तीन जना बेपत्ता भएको सुरक्षा निकायले जनाएको छ।
बेपत्ता हुनेहरूमा घरधनी ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन्।
वडाध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका निम्ति स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली प्रभावित स्थलमा खटिसकेको छ। पहिरोको परिमाण ठूलो रहेकाले पन्छाएर उद्धार कार्य सम्पन्न गर्न केही समय लाग्ने गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिएका छन्।
घटनाको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ।
देश
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB Newsसामाजिक
रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Nepal NB News
लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares