काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीको टोलीले महाराजगञ्जमा रहेको उहाँकै निवासस्थानबाट गएको राति नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उहाँलाई पक्राउ गरेको हो।
विशेष सुराकीका अनुसार अपराध अनुसन्धान कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्का स्वयम् जबरालाई नियन्त्रणमा लिन उहाँको निवास पुग्नुभएको थियो। कार्यालय बाहिर रहेको समयमा पाएको अनौपचारिक मौखिक निर्देशनका आधारमा एसएसपी खड्का आफैँ खटिएर यो कदम चालिएको बताइएको छ।
यद्यपि, जबराविरुद्ध कुनै आधिकारिक किटानी वा मुद्दा दर्ता नभएको र कानुनी प्रक्रिया बमोजिमको पक्राउ पुर्जी समेत जारी नगरिएको प्रहरी सम्बद्ध स्रोतले उल्लेख गरेको छ।
नियन्त्रण पश्चात् जबरालाई काठमाडौंभित्रै रहेको एक प्रहरी टोलीको हिरासतमा राखिएको छ। तर, टेकुस्थित अपराध अनुसन्धान कार्यालयको हिरासतमा भने उहाँलाई नराखिएको स्रोतको भनाइ छ।
देश
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB Newsसामाजिक
रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Nepal NB News
लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares