नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर धार्मिक विधि र हर्षोल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा बिहानैदेखि महिलाहरू स्नान गरी रातो, हरियो तथा पहेँलो साडी र गहनामा सजिएर नजिकैका शिवालयहरूमा पूजाआजाका लागि पुगेका छन्।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनी कठोर निराहार व्रत बसी आफ्नो मनोकांक्षा पूरा गरेको धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ। हिजो मध्यराति दर खाएपछि आज दिनभर महिलाहरू पानीसमेत नपिई व्रत बस्ने र शिव-पार्वतीको पूजाआराधना गर्ने गर्छन्।
नातन धार्मिक मान्यताअनुसार तीजको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि र दाम्पत्य जीवन सुखी हुने विश्वास छ। तीज केवल धार्मिक पर्व मात्र नभई दिदीबहिनीहरू एकै ठाउँमा भेला भई सुख-दुःख साट्ने र मौलिक संस्कृति जोगाउने महत्त्वपूर्ण माध्यमका रूपमा समेत रहँदै आएको छ।
मनोरञ्जन
साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजद्वारा १२५ विद्यार्थीलाई बिदाइ
Nepal NB Newsसामाजिक
लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares