विराटनगर — विराटनगर महानगरपालिका–१५ बाट ३.५८ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीले ६५ वर्षीय रविन्द्र मण्डललाई पक्राउ गरेको हो। सीमा सुरक्षा गुल्म रानीका डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा मण्डलको साथबाट उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जनाएको छ।पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
International
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.co.
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares