काठमाण्डौं । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज प्याकुरेलको संगीत र कृष्ण काफ्लेको स्वर रहेको छ ।गीतमा मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सीङ तथा मास्टरिङ रहेको छ ।
भिडियोमा सन्दिप वावु लोहनी, रचना सिवाकोटी र मोती सुवेदिको अभिनय रहेको छ ।त्यस्तै यसमा छायांकन प्रकास खड्का, सृङ्गार संगीता चन्द ढकुरीको रहेको छ ।गीतको सम्पुर्ण कोरियोग्राफी देवेन्द्र कुँवरको रहेको छ भने भिडियो परिकल्पना सरोज प्याकुरेलले गरेका छन् ।
भिडियोमा कुनै पात्रले एउटी केटी दैनिक चौतारिका डिलमा बसेको देखेर उसलाई मनपराउछ ।उसको पछी लाग्छ । विहे सम्म गरेको परिकल्पना गर्छ तर आफ्नो मनको कुरा भन्न सकेको हुदैन । गीतमा कुनै पात्रले मनपरेको पात्रलाई कसरी लिएको हुन्छ भन्ने विषय प्रस्तुत गरिएको गीतकारले जनाएका छन् ।
गीतको भिडियो र्हेन तल क्लिक गर्नुहोस ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/f9bHk8up-P4?si=Al4Fjy-uE9IkFkev" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.co.
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares