२० जेठ २०८३, बुधवार 03 Jun 2026, Wednesday

अनिस लिम्बू र शान्ती श्री परियारको “छल गर्यो मायाले” गीत सार्वजानिक(भिडियो सहित)।

Roshan Pokhrel
५ जेठ २०८३, मङ्गलवार भिडियो हेर्नुहोस्

काठमाडौं :- गायक अनिस लिम्बू र शान्ती श्री परियारको "छल गर्यो मायाले" बोलको गीत सार्वजानिक भएको छ।

हालै सार्वजानिक उक्त गीतमा वास्तविक जीवन शैलीमा आधरीत गहिरो माया प्रेमका कुराहरु दर्शाउन खोजिएको छ। लेक बेसी र गैरी खेतमा धान गहुँ काट्दा लगाइने माया प्रेमलाई शो गीतको म्युजिक भिडियोमा दर्साउन खोजिएका छन्।

शो गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द संगीत मनिपाल राईको रहेको छ।
भिडियो तर्फ चर्चित सिरियल जुठेका अभिनेत्री जुनकिरी मैया साव "सरीता ढुङ्गाना" र अर्जुन खड्काको लिड नृत्य रहेको छ ।

भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ। बिसाल थापाले छायाँकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।

खगेन्द्र गीरीको कोरियोग्राफीमा बिजय मगरले निर्देशन गरेका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् 
 

प्रकाशित : ५ जेठ २०८३, मङ्गलवार 14:02

थप समाचार

मनोरञ्जन

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved