३ कार्तिक २०८३, सोमवार 19 Oct 2026, Monday

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

Nepal NB News
२० असोज २०८३, मङ्गलवार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।

विद्युतीय कारोबारसम्बन्धी कसुरमा दायर भएको मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि प्रसाईंले गरेको टिप्पणीलाई आधार बनाएर प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त घटनापछि उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको थियो।

अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएसँगै प्रसाईं रिहा हुन सक्ने भएका छन्।

प्रकाशित : २० असोज २०८३, मङ्गलवार 16:34

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved